Fri. Mar 7th, 2025

संशोधन होइन पहिले निर्वाचन

nirbachan

६ पुस, काठमाडौं –

व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक दर्तापछि दलहरुबीच बढेको ध्रुवीकरण अन्त्य गर्न निर्वाचनमा जानुपर्ने राजनीतिक विश्लेषकहरुले सुझाव दिएका छन् ।

निर्वाचन मिति घोषणा या संसद् सचिवालयमा दर्ता भएको संशोधन विधेयकमध्ये कसलाई प्राथमिकता दिँदा राजनीतिक गतिरोध अन्त्य हुन्छ भन्ने अन्योल भइरहेका बेला निर्वाचन नै देश र जनताका लागि आवश्यक रहेको विश्लेषकहरुको बुझाइ छ ।

‘काठमाडौं स्कुल अफ ल’ का डिन विपीन अधिकारी अहिलेको गतिरोध फुकाउने उपयुक्त बाटो चुनाव मात्र रहेको ठान्छन् ।
पूर्वमन्त्री तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य पनि संविधान संशोधनका लागि समय खर्च नगरी निर्वाचनमा जानु उपयुक्त हुने बताउँछन् । नागरिक दैनिकबाट
२०७३ पुस ६ गते पकाशित

About The Author

अन्य समाचारहरु: