Thu. Feb 27th, 2025

धादिङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने

krisi
५ पुस,  धादिङ –
धादिङ जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ ।

स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनिति कार्यन्वयनको सहयोगी परियोजना अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाईले संचालन गरेकोे हो ।

परियोजनाको बारेमा मंगलबार धादिङका सरकारी कार्यलय, राजनैतिक दल, संघसंस्थाका प्रतिनिधिहरुलाई जानकारी गराइएको छ । १० वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि २ करोड ८० लाख ४७ हजार रुपैया विनियोजन गरिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका र मैदी गाउँ विकास समितिमा सञ्चालन हुने परियोजनामा पकेट र ब्लकमा १ करोड ९३ लाख ९८ हजार र जोन स्तरमा ८६ लाख ४९ हजार रुपैया विनियोजना गरिएको जोन कार्यन्वयन इकाई धादिङका प्रमुख होमनाथ लम्सालले जानकारी दिए ।

२०७३ पुस ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: