
अस्मिता खतिवडा / ५ पुष, धादिङ –
यस पटकको धादिङ महोत्सवमा उत्तरी धादिङकोे आलु र सल्यान्टारको मास तथा भटमास पाइने भएको छ ।
बजारीकरणमा सहयोग पु¥याउने उद्येश्यले पाचौं धादिङ महोत्सवमा स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिइएको उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष बोदनाथ दुवाडीले बताए । उत्तरी धादिङको तिप्लिङ र झार्लाङमा पाइने आलु विक्रि तथा प्रवद्र्धनका लागि महोत्सव स्थलमा फोकस नेपालले स्टल राख्दैछ ।
स्वादिलो मानिने उत्तरी धादिङको आलुले यातायातको समस्याका कारण बजार पाउन सकेको छैन । देशभर प्रख्यात मानिने सल्यान्टारको मास तथा भटमासको विक्रि तथा प्रवद्र्धनको लागि पनि स्टल बुकिङ भइसकेको महोत्सव व्यवस्थापन समितिले जनाएको छ । सल्यान्टारको मास छिटो पाक्ने, मिठो र पौष्टिक युक्त मानिन्छ ।
त्यस्तै महोत्सवमा धादिङमा उत्पादित तरकारी तथा फलफुल, साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरु, हस्तकलाका समाग्री, रुवि ढुङ्गा तथा रत्नपत्थरको प्रदर्शनी, रेशमकिराबाट उत्पादन भएका कपडा लगायतका २ सय भन्दा बढि स्टल रहने छ । त्यस्तै पर्यटन विकासका लागि होमस्टे, उत्तरी धादिङका पर्यटकिय दृश्य अवलोकनका लागि हेलिकप्टरबाट दृश्यावलोकन र प्याराग्लाइडिङको पनि व्यवश्था रहेको आयोजक समितीले जनाएको छ ।
महोत्सवमा आदीवासीहरुको भेषभुषा संस्कृति झल्कने खालका झाँकी प्रदर्शनी लगायत दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने जनाइएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ पुस ७ गते देखि १७ गते सम्म धादिङबेसी रायटारमामा पाँचौं धादिङ महोत्सव हुदैछ ।
२०७३ पुस गते प्रकाशित