Fri. Mar 7th, 2025

विधान कुल्चदै देउवा, आफ्नैबाट अप्ठेरो

deuba1
५  पुस, काठमाडौँ –

  गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छ ।

१३ औँ महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी समूहमा बाँडिएको छ ।

पार्टीभित्र रहेका अन्य समूहलाई मात्र होइन, निकटकालाई पनि मिलाउन नसक्दा देउावले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित विमाग र अन्य निकाय गठन प्रक्रिया समेत शुरु भएको छैन ।

आफ्नैबाट अप्ठेरो
उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा झण्डै एक दर्जन नेता आकांक्षी देखिएपछि देउवा अप्ठेरोमा परेका छन् । निकटको व्यवस्थापन सहज नभएपछि पदाधिकारी मनोनयनमा बिलम्व भएको स्रोतको दाबी छ । नागरिक दैनिकबाट

२०७३ पुस ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: