Fri. Mar 7th, 2025

प्रचण्ड-ओली फेरि भनाभन

kp-prachanda

५ पुस, काठमाडौं –

संसदको गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले दलहरूबीच सहमतिका लागि पहल थालेकी छन् । उनले सोमबार आफ्नै कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर तीन दिनभित्र सहमति खोज्न आग्रह गरेकी छन् ।

सभामुख घर्तीले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग संविधान संशोधनलगायतका विषयमा सके सहमति नभए पनि प्रक्रियामा सहमति खोजेर जारी अवरोध खुलाउन आग्रह गरेकी हुन् ।

छलफलमा सत्ता पक्ष र प्रतिपक्षका नेताहरु अडानमै रहेपछि सभामुखले सहमतिका लागि तीन दिनको समय दिएको माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले जानकारी दिए ।

सोही तीनदलहरुको छलफलमा प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भनाभन भएको छ । नयाँ पत्रिका दैनिकबाट
२०७३ पुस ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: