४ पुस, धादिङ –
विश्व सुन्दरीको ताज प्यूर्तो रिकोकी १९ वर्षकी स्टेफनी डेल बेलेले पहिरिएकी छन् ।
डोमिनिकन रिपब्लिक तथा इण्डोनेसियासहित विश्वभरका सुन्दरीलाई पछि पार्दै उनले सन् २०१६ को विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी हुन् ।
स्टेफनी डेल बेले स्पेनिश, अंग्रेजी तथा फान्सेली भाषा डचमा बोल्न सक्छिन् । उनलाई सन् २०१५ की विश्व सुन्दरी स्पेनकी मिरिया लालागुनाले ताज पहिराएकी छन् ।
२०७३ पुस ४ गते प्रकाशित