Fri. Mar 7th, 2025

तीन दलको छलफल निष्कर्षविहिन सकियो

onsari-gharti
४ पुस,  धादिङ –
सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा संविधान संशोधन, निर्वाचन, अख्तियार प्रमुख आयुक्तको महाअभियोग र संसदमा जारी गतिरोध अन्त्य गराउनेबारे छलफल भएको थियो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालका शीर्ष नेताबीच भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्तावलाई अघि बढाउन गरेका थिए ।

छलफलमा सत्तापक्षले संविधान संशोधन फिर्ता नहुने अडान लिएपछि सहमति जुट्न सकेन् । बैठकमा सहभागी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमका अनुसार सत्तापक्ष कांग्रेस र माओवादी केन्द्रले प्रस्ताव फिर्ता नलिने भनेपछि सहमति हुननसकेको हो ।

२०७३ पुस ४  गते प्रकाशित

About The Author

अन्य समाचारहरु: