४ पुस, धादिङ –
नेपाल आयल निगमले आजदेखि लागुहुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रत्येकमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसाका दरले भाउ बढाएको हो ।
अब ९७ रुपैयाँको पेट्रोललाई १०१ रुपैयाँ ५० पैसा पर्ने छ भने डिजेल र मट्टितेल दुबैलाई प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ रहेको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गर्दा मूल्य बढेको आयल निगमले जनाएको छ ।
२०७३ पुस ४ गते प्रकाशित