Tue. Nov 26th, 2024

२१ करोड ६८ लाख विनियोजन गर्दै जोगिमाराको गाउँ परिषद् सम्पन्न

money

४ पुस,  धादिङ – 

 धादिङको जोगिमारा गाविसको गाउँ परिषद आइतबार सम्पन्न भएको छ । गाविस सचिव रामहरी कडेलको अध्यक्षतामा सम्पन्न भएको गाउँ परिषदबाट आगामि आर्थिक बर्षका लागि २१ करोड ६८ लाख ३ हजार बजेट विनीयोजन गरेको छ ।

परिषदले सामाजीक सुरक्षा तर्फ १ करोड २ लाख र पुजीगत तर्फ ७९ लाख ५८ हजार  रकम बिनियोजन गरेको छ । यसैगरि चालुतर्फ १३ करोड ७२ लाख ५ हजार रकम बिनियोजन गरिएको  जनाइएको छ ।

कार्यक्रममा राजनितीक दलका प्रतिनीधि, वडा नागरीक मञ्चका संयोजकहरु, बालबालिका र महिलाहरुको उपस्थिती रहेको थियो ।

२०७३ पुस ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: