धादिङ जिल्ला नलाङ गाँउ विकास समिति वडा नम्बर ५ मा जन्मनु भएका बोदनाथ दुवाडी धादिङका युवा व्यवसायी हुन् । दुवाडी एग्रोभेट तथा पोल्ट्री सप्लायर्सबाट आफूलाई चिनाएका दुवाडी उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष समेत हुन् । हाल धादिङबेसीमै रहँदै आएका उनले उद्योग वाणिज्य संघ धादिङमा २ कार्यकाल महासचिव पद समेत सम्हालेका थिए । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’भन्ने मूल नाराका साथ उद्योग वाणिज्य संघ धादिङले २०७३ पौष ७ देखि १७ गते सम्म“धादिङ महोत्सव–२०७३”को आयोजना गरेको छ । महोत्सवका लागि अहिले तयारी तीव्र पारिएको छ । यस सम्बन्धमा अध्यक्ष दुवाडीसंगसँग महोत्सवका विविध पक्षको विषयमा पाविल न्यूज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी
महोत्सवको तयारी कहाँ पुग्यो ?
– महोत्सव उद्घाटन हुन अब थोरै दिन मात्रै बाँकी छ । महोत्सव पुर्व गनुपर्ने सम्पुर्ण तयारी पुरा भइसकेको छ । अन्य नियमित काम अन्तर्गत स्टल निर्माण तथा व्यवश्थापनको काम भइरहेको छ । प्रचार प्रसारको कामलाई पनि तिव्र रुपमा अगाडी बढाइरहेका छौं । जसका लागि तपार्इंहरु जस्ता मिडियाले महत्वपुर्ण भुमिका निर्वाह गरिरहनुभएको छ । महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि १ सय ५१ सदस्यीय मूल आयोजक समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १५ वटा विषयगत समिति गठन गरेर काम गरिरहेका छौं । यस हिसाबले भन्दा हामी महोत्सवको तयारीको अन्तिम चरणमा छौं ।
महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
– धादिङ जिल्लाका स्थानिय उत्पादनको बजारीकरणमा सहयोग पु¥याउनु नै महोत्सवको मुख्य उद्देश्य हो । अझै पनि स्थानिय स्तरमा उत्पादित अधिकांश उत्पादनले बजार नपाइरहेको अवस्था छ । त्यस्ता उत्पादनहरुको बजार सम्म पहुँच पु¥याइ बजारीकरणका लागि सहज वातावरण तयार गर्न यस महोत्सवले पक्कै पनि सहयोग पु¥याउने छ भन्ने हामीले अपेक्षा लिएका छौं ।
यसपाली महोत्सवको मुख्य आकर्षणको रुपमा के–के रहन्छन् ?
– धादिङ जिल्लामा उत्पादित तरकारी तथा फलफुल, साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरु, हस्तकलाका समाग्री लगायतका कुरा नै यसपालीको महोत्सवको मुख्य आकर्षणहरु हुन् । उत्तरी धादिङको तिप्लिङ झार्लाङका आलु, सल्यान्टारका मास तथा भटमासलाई हामीले महोत्सवको मुख्य आकर्षणका रुपमा लिएका छौं । त्यस्तै पर्यटन विकासका लागि होमस्टे, उत्तरी धादिङका पर्यटकिय दृश्य अवलोकनका लागि हेलिकप्टरबाट दृश्यावलोकन र प्याराग्लाइडिङको पनि व्यवश्था छ । जडिबुटी तथा वन्यजन्तु संरक्षण गर्ने डकुमेन्ट्री, आदीवासीहरुको भेषभुषा संस्कृति झल्कने खालका झाँकी प्रदर्शनी लगायतका कुरा पनि महोत्सवको आकर्षणका रुपमा रहन्छन् । रुवि ढुङ्गा, रत्नपत्थर, रेशमकिराबाट उत्पादन भएका कपडा, राष्ट्रिय तथा साथै महोत्सवमा अन्तराष्ट्रिय सामानहरुको विक्रि वितरण र दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती पनि रहनेछ ।
कति मानिसहरु महोत्सव अवलोकनका लागि आउँछन् भन्ने लक्ष्य छ, कारोबार कति होला?
– १ लाख ५० हजार मानिसले महोत्सवको अवलोकन गर्छन् भन्ने हाम्रो अपेक्षा छ । विशेषगरीे धादिङ, नुवाकोट, रसुवा, गोरखालगायतकानागरिकहरुलाई लक्षित गरि महोत्सवको आयोजना गरेका छौं । महोत्सवभित्र व्यवसायिक, कृषि, प्रदर्शनी लगाएतका स्टल रहने व्यवश्था मिलाएका छौं । त्यस्तै व्यवसायिक र घरेलु, कृषि तथा प्रदर्शनी गर्ने खालका स्टलहरु रहन्छ । त्यस्तै होटलका स्टल राख्ने छौं । जिल्लाको पर्यटन पर्वद्धन गर्नुपर्ने खालका स्टललाई पनि हामीले प्राथमिकता दिएका छौं । ११ दिन सम्म चल्ने महोत्सवमा १० करोड बराबरको कारोबार हुने लक्ष्य राखेका छौं ।
अघिल्ला वर्षहरुमा हुने मेला भन्दा यो महोत्सवमा के पृथकता छ ?
– हामी वर्षेनी महोत्सव आयोजना गर्दै आइरहेका छौं । यो पाँचौं हो । अघिल्ला वर्षहरुमा भएका कमजोरीलाई सच्याउँदै जिल्लाका सबैलाई समेटेर महोत्सवको व्यवश्थापन गर्नेछौं । यो नै यसपालीको महोत्सवको पृथकता हो जस्तो लाग्छ । त्यस्तै उत्तरी धादिङको आलु, सल्यान्टारको मास तथा भटमास र जिल्लामा उत्पादित अन्य सामाग्री नै महोत्सवको पृथकता हो ।
–अन्तमा,
धादिङ जिल्लाको अर्थतन्त्रको मूल आधार कृषि, जलस्रोत, पर्यटन तथा औद्योगिक क्षेत्र हो । स्रोत र साधनले भरिपूर्ण धादिङले विकासको प्रचुर सम्भावना बोकेको छ । पर्यटकीय हिसावले गणेश हिमाल पैदलमार्ग, त्रिशुली ¥याफ्टिङ, प्रचुर सम्भावना रहेको बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, गंगाजमुना झरना, चमेरे गुफा, भैरवी मन्दिर, मैदीकोट, ढोला मण्डलीमाई, त्रिपुरासुन्दरी मन्दिर, सिद्धलेक लगायत यहांका आकर्षक पर्यटक गन्तव्यहरु प्रशस्त मात्रमा रहेको छ । यसको उचित प्रचार प्रसार र प्रवद्र्धन गर्नका लागि पनि महोत्सवले सहयोग गर्नेछ । र समृद्ध जिल्लाको रुपमा धादिङको पहिचान स्थापित गराउने छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ पुस ७गते देखी १७गते सम्मधादिङबेसी रायटारमामाहुनेपाँचौं धादिङ महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सबैलाई आग्रह गर्दछु । अहिले सम्म भइ आएका मेला महोत्सवमा मिडियाले पु¥याएको योगदानको कदर गर्दै यस महोत्सवमा पनि सहयोगका लागि आह्वान गर्दछु ।
२०७३ पुस ३ गते प्रकाशित