२ पुस, धादिङ –
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को महिला उपाध्यक्षमा धादिङका पार्वती खाँड राई निर्विरोध निर्वाचित भएकी छन् ।
काठमाडौँमा भएको २५ औँ साधारणसभा तथा अधिवेशनले खाँडलाई आगामी कार्यकालका लागि निर्वाचित गरेको हो ।
उनी सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि धादिङका संस्थापक अध्यक्ष हुन् । विस. २०५६ सालमा सहकारी स्थापना भई हाल १ हजार १ सय ५० बाल सदस्य सहित ३ हजार ९ सय सदस्यहरु रहेका छन् । सहकारीले यस अघि राष्ट्रिय सहकारी संघबाट मध्यमाञ्चलस्तरीय उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेका थिए । सहकारी नेपालकै सर्वोत्कृष्ट महिला सहकारी हुन सफल भएका छन् ।
२०७३ पुस २ गते प्रकाशित