२ पुस, धादिङ – अमेरिकामा हालै भएको राष्ट्रपति पदको चुनावमा डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफ्नो हारको लागि रुसलाई जिम्मेवार ठहर्याएकी छन् । रुसले गरेको इमेल ह्याकिङलाई उनले जिम्मेवार ठहर्याएकी हुन् ।
हिलारी अमेरिकाको विदेशमन्त्री हुँदा सरकारी काम कारबाहीको क्रममा आफ्नो निजी इमेल प्रयोग गरेको खुलासा भएको थियो जसबाट हिलारीलाई निकै आलोचना सहनु परेको थियो ।
पार्टीका दाताहरुसँग कुरा गर्दै रुसी राष्ट्रपति ब्लादिमिर पुटिनसँग उनको निजी गुनासो रहेको बताइन् किनकी उनले पाँच वर्ष अघि नै चुनावमा धाँधलीको कुरा उठाएका थिए ।
२०७३ पुस २ गते प्रकाशित