Tue. Nov 26th, 2024

आर्थिक वर्ष ०७४/७५ का लागि धुषामा १ करोड ७२ लाख विनियोजन

moneyy

२ पुस,  धादिङ –

धुषा गाउ विकास समितिको २४ औं गाउ परिषदबाट आगामी आर्थिक वर्षको लागि १ करोड ७२ लाख ५४ हजार ८ सयको बजेट बिनियोजन गरेको छ ।

गाविसको शुक्रबार सम्पन्न गाउ परिषदले आर्थिक वर्ष २०७४/०७५ को  लागि चालुतर्फ १२ लाख ५४ हजार, सामाजिक सुरक्षातर्फ ९० लाख  बजेट छुट्याइएको छ ।

यसैगरि लक्षिततर्फ महिलाको लागि ७ लाख ८० हजार, बालबालिकातर्फ १० लाख २० हजार, अन्य लक्षितमा १० लाख २० हजार, कृषिमा ७ लाख, सडकमा १७ लाख, खानेपानीमा २ लाख र अन्य पूर्वाधार निर्माणमा ४ लाख ७० हजार बजेट  बिनीयोजन गरिएको छ ।

३० लाख ३ हजार आगामी आर्थिक वर्षको संसोधित बजेट भनी थप गरिएको छ ।

२०७३ पुस २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: