Fri. Jan 31st, 2025

बलात्कार प्रयास गर्ने पुर्पक्षका लागि थुनामा

१४ माघ, धादिङ
मोही लिन गएकी एक बालिकालाई बलात्कारको प्रयास गर्ने धादिङको कुम्पुर गाविसका १७ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई बुधबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

छिमेकीको घरमा मोही लिन गएको बेला अभियुक्त कृष्णबहादुरले ललाइ फकाइ बलात्कार गर्न लाग्दा बालिका नमानेपछि ५० रुपैया रकम समेत दिएर बलात्कारको प्रयास गरेका थिए । बालिकाले बलात्कार प्रयास गर्न लाग्दा प्रतिवाद गर्दै गरेको बेलामा पीडित बालिकाको आमाले देखेपछि बलात्कार हुनबाट बचाएको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ ।

अभियुक्त कृष्णबहादुरले ०७१ पुस १९ गते बलात्कारको प्रयास गरेका थिए । पीडित पक्षले अभियुक्तलाई कारबाहीको माग गर्दै पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकोमा जिल्ला प्रहरी कार्यालयले मंगलबार जबरजस्ती करणी उद्योग अन्तरगत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । जिल्ला न्यायधिस रमेशराज पोखरेलको इजलासले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश गरेको हो ।

बन्द इजलासबाट हेरिएको यो मुद्दा निरन्तर सुनुवाइबाट अघि बढ्ने जिल्ला अदालत धादिङका श्रेस्तेदार राजेन्द्रप्रसाद वाग्लेले जानकारी दिनुभयो । मुद्दामा नेपाल सरकारको तर्फबाट सहायक जिल्ला न्यायधिवक्ता जनकप्रसाद घिमिरे र प्रतिवादीको तर्फबाट अधिवक्ता टंककुमार श्रेष्ठले बहस गर्नुभएको थियो ।

About The Author

अन्य समाचारहरु: