१ पुस, धादिङ –
क्यान्सर पीडित महेश बस्नेतको उपचारका लागि धादिङका विद्यार्थीहरुले सहयोग गरेका छन् । च
रिकोटको दिपेन्द्र प्रहरी उच्च माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत बस्नेतलाई धादिङको नीलकण्ठ उच्च माध्यामिक विद्यालय र बालमन्दिर माविका छात्रा जीवन अधिकारीको प्रयासबाट रकम संकलन गरी उनको खातामा जम्मा गरिएको छ । विद्यालयका शिक्षक, विद्यार्थीहरुबाट संकलित १९ हजार १ सय ३५ रुर्पैया सहयोग गरेका हुन् ।
कसलाई पो के थाहा, उसको सपना कत्रो छ भनेर, किनकि उसलाई बाँचेर केही गर्नु छ। उसको जीवन बचाएर देशको एउटा भविश्य जोगिन सक्छ । यहि अभियानका साथ विद्यार्थीहरुले रकम संकलन गरेका हुन् ।
क्यान्सर लागेपछि बस्नेत गत असारदेखि अस्पतालमा छन् । उनको उपचारका लागि आर्थिक अभाव देखिएकाले सहयोगको अपेक्षा गरिएको छ ।
२०७३ पुस १ गते प्रकाशित