Fri. Mar 7th, 2025

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा देवकोटा विजयी

devkota
१ पुस,  धादिङ –

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन् ।

नेपालगञ्जमा भएको अधिवेशनबाट वर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई २५ मतले पछि पार्दै देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । देवकोटाले ३७१ मत ल्याए भने प्रत्यासी घिमिरेले ३४७ मत पाए ।

बरिष्ठ उपाध्यक्षमा लेखनाथ कोइराला ४१७ मतसहित निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी ईश्वरीप्रसाद ढकाललाई पराजित गरेको हुन । ढकालले २९७ मत ल्याएका थिए ।

भवानी न्यौपाने दाहाल महिला उपाध्यक्षमा निर्वाचित भएकी छिन् । दाहालले ३६१ मत ल्याइन् भने प्रतिद्वन्द्वी मञ्जु कोइरालाले ३४६ मत पाइन् ।

महासचिवमा रेवन्त गौतम ४०६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गंगाबहादुर सुनुवारले ३०५ मत ल्याए ।

उपमहासचिवमा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । न्यौपानेले ३८९ र श्रेष्ठले ३४४ मत ल्याए । उपमहासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेतले ३१० र सीताराम घिमिरेले ३३७ मत पाएका थिए ।

२०७३ पुस १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: