३० मंसिर, धादिङ –
१२ सय मेगावार्टको बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुले पुर्नवासको ग्यारेन्टीको माग गरेका छन् ।
पुर्नवास गराउँदा सापेक्षित हिसाबले साँस्कृतिक, भौगोलिक लगायतका विषयमा ध्यान दिनुपर्ने भन्दै प्रभावितहरुले बिहिबार धादिङका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापन पत्र बुझाएका छन् ।
घर जग्गा तथा अन्य निजी सम्पतिहरुको मुल्य निर्धारण गर्दा स्थानीय सरकारवालाहरुको प्रतिनिधि राखिनुपर्ने, भौतिक पूर्वाधार विकास र त्यसबाट मानिसले उपभोग गरिरहेको लाभको आधारमा जग्गाको मापन गर्नका लागि प्रभावितहरुले माग गरेका छन् ।
धादिङको पूर्वाधार विकास र त्यसबाट जनताले पाएको लाभको आधारमा ध्यान दिएर मुआब्जा निर्धारणको रकम तोकिनुपर्ने र मूल्य निर्धारण गर्दा आधारभूत जनताको जीवनमा परिवर्तनको समृद्धि र सुखको अनुभूति गर्न सक्ने लगायतको माग राखेका छन् ।
२०७३ मंसिर ३० गते प्रकाशित