३० मंसिर, धादिङ –
बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका सांसद शत्रुघन सिन्हा ९खामोस० पुनः नेपाल आएका छन् ।
गएको भदौमा ‘एलजी फिल्म अवार्ड’ मा भाग लिन नेपाल आएका उनी अहिले फेरी काठमाडौं आइपुगेका हुन् । सिन्हा उद्योगपति विनोद चौधरीका छोरा बरुण चौधरीको ‘इन्गेजमेन्ट’ समारोमा सहभागी हुन बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।
विमानस्थलबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त प्रतिक्रियामा पुनः नेपाल आउन पाउँदा खुसी महशुस गरिरहेको बताए । बरुणको भारतीय व्यवसायीका छोरीसँग बिहीबार ‘इन्गेजमेन्ट’ हुँदैछ । आउँदो अप्रिल २१ तारिखमा वरुणको विवाह हुने पारिवारिक स्रोतले जनाएको छ ।
हुन त बेलाबेलामा उनी नेपाल आउने गर्दछन् । शिव भक्त उनी पशुपतिनाथको दर्शन गर्न मन पराउँछन् । पशुपतिनाथको कृपाले आफूलाई सधैं फलिफाप भइरहेको उनले बताउने गरेका छन् ।
२०७३ मंसिर ३० गते प्रकाशित