Thu. Mar 6th, 2025

धादिङकी छिरिङ तामाङ तेक्वादो प्रतियोगीतामा छनोट

tekando-dhading
३० मंसिर,  धादिङ –
सातौं राष्ट्रिय खेलकुदको लागि मध्यमाञ्चल क्षेत्रिय छनौट तेक्वादो खेलमा धादिङबाट छिरिङ तामाङ चयन भएकी छन् ।

चितवनको बारामा भएको तेक्वादो प्रतियोगितामा धादिङ लगायत विभिन्न १९ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । तेक्वाक्दो प्रतियोगिता शरीरको तौलअनुसार खेलाइएको थियो ।

जसमध्ये ६३ केजीको समूहबिच भएको खेलमा धादिङकी छिरिङ तामाङले स्वर्ण पदक जित्र्दै राष्टिय स्तरको खेलमा पनि सहभागी हुने मौका पाएकी हुन् ।

यसैगरि ७४ केजीमा भएको खेलबाट धादिङकै प्रदिप गिरी र ६३ केजीबिच भएको खेलबाट सुजिता तामाङले रजत पदक हात पार्न सफल भएका छन् ।
२०७३ मंसिर ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: