२८ मंसिर, काठमाडौं –
स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ ।
न्यमिपछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो ।
‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको छ ।’ आजको कारोबार दैनिकमा समाचार छ ।
विश्लेषकका अनुसार डलर मजबुद बन्दै जानु, सेयरबजारमा लगानीकर्ता आकर्षित हुनु, अमेरिकी फेडर बैंकले व्याजदरमा बृद्धि गर्नुसँग रोजगारीमा आएको वृद्धिजस्ता कारणले सुनको मूल्य क्रमश ओरालो लाग्दै गएको हो । कारोबार दैनिकबाट
२०७३ मंसिर २८ गते प्रकाशित