Thu. Mar 6th, 2025

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते बालोन डि’ओर

ronaldo

२८ मंसिर,  धादिङ –
रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर अवार्ड जितेका छन् ।

रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै बालोना डी’ओर २०१६ अवार्ड जितेका हुन् । पोर्चुगलका रोनाल्डोले योसँगै चार पटक बालोन डी’ओर जितेका छन् । मेस्सीले गएको वर्ष पाँचौं पटक बालोन डी’ओर जितेका थिए ।

एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्सेली फुटबलले जुरी तथा विश्वका एक सय ७३ खेल पत्रकारको मतको आधारमा अवार्ड प्रदान गरेको हो । रोनाल्डोले गएको सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा पोर्चुगललाई युरोकप २०१६ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०७३ मंसिर २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: