नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् ।
सोमबार बिहान राजधानीमा आयोजित स्वागत समारोहमा पार्टी अध्यक्ष कमल थापाले टीका लगाएर नायिका थापालाई पार्टी प्रवेश गराएका हुन् ।
२०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसहित माओवादी प्रवेश गरेकी रेखा सोमबार तीन वर्षपछि पार्टी फेर्दै आमा सरस्वती थापासहित राप्रपा प्रवेश गरेकी छन् ।
रेखा र उनकी आमालाई अध्यक्ष थापासहित पार्टी नेताहरुले हात मिलाउँदै स्वागत गरेका थिए । उनले आफ्नो पहिलो र अन्तिम पार्टी नै राप्रपा भएको बताइन् ।
२०७३ मंसिर २७ गते प्रकाशित