Tue. Nov 26th, 2024

चीनबाट नेपाल आउँदै गरेको रेल रक्सोलमा रोकियो

china-rail

२७ मंसिर, काठमाडौं –

चीनले दोस्रोपटक ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटेको छ । गत वैशाखमा रेलबाट काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि फेरि मालवाहक रेल ग्वान्जाओबाट छुटाएको हो ।

चिनियाँ सामान भारतको कोलकता बन्दरगाह वीरगञ्ज हुँदै आइरहेकोमा फेरि चीनकै स्थलमार्ग भएर ल्याउन थालिएको हो ।

नेपाली व्यापारीले खरिद गरेको रेडिमेड, लत्ताकपडा, मोबाइल, इलेक्ट्रििकल सामानबोकेर रेल शुक्रबार चीनको ग्वान्जाओबाट चिव्वतको ग्याइरोङतर्फ छुटेको चिनिँया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उता रक्सोलस्थित भारतीय कस्टम कार्यालयनजिकै स्थानीयले आइतबार बिहानैदेखि धर्ना दिएपछि रेल्वेमार्फत नेपाल आउने सामान रोकिएका छन् ।

धर्नाले नेपालका लागि लदैनिक डेढ सयभन्दा बढी गाडीमा आउने औद्योगिक कच्चा पदार्थ रोकिएपछि आयातकर्ता चिन्तित बनोका छन् ।

वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय रभारतीय रेल्वेबीच जारी प्रदूषणसम्बन्धी विवादको चपेटामा नेपाली आयत परेको हो । नागरिक दैनिकबाट

२०७३ मंसिर २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: