२६ मंसिर, धादिङ –
साना किसान कृषि सहकारी संस्था सलाङको १७ औं वार्षिक साधारणसभा सलाङघाट्मा सम्पन्न भएको छ ।
नेपाल कृषि सहकारी संघ केन्द्रीय अध्यक्ष एबम् साना किसान विकास वैकका अध्यक्ष खेम बहादुर पाठकले शनिबार कार्यक्रमको उद्घाटन गरे । साना किसान कृषि सहकारी संस्था सलाङका अध्यक्ष डिल्ली प्रसाद पाठकको सभापतित्वमा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक वर्ष ०७२/०७३ को कुल आम्दानी २ करोड ८ लाख २७ हजार ६ सय ५५, कुल खर्च १ करोड ६७ लाख ६३ हजार ७२० र शुद्ध नाफा ४० लाख ६३ हजार ९ सय ७५ रहेको सस्थाको प्रबन्धक गोपाल सिल्वालले जानकारी दिए।
सलाङ गाविसलाइ लक्षित गरि २०५५ सालमा स्थापना गरिएको सहकारिमा हाल सम्म २२४ समुह , १४०० शेयर शदश्य रहेको र छिमेकी गाविसहरु नलाङ र बेनिघाटमा समेत आफ्नो कार्य क्षेत्र विस्तार गरिएको सस्थाको अध्यक्ष डिल्ली पाठकले जानकारी दिए । साधारणसभामा कृषि क्षेत्रमा उच्च प्रगतिशील ५ जना किसानहरुलाई प्रशम्सा स्वरुप अत्याधुनिक कृषि उपकरण , नगद र प्रशम्सा पत्र द्वारा सम्मान गरिएको थियो ।
अन्र्तराष्ट्रिय पारिवारिक वर्ष २०१४ को वृहत् कार्यक्रम धादिङबेसीमा उत्कृष्ट सहभागिता जनाए बापत जिल्ला प्रथम हुन सफल साना किसान सलाङ धादिङ जिल्लामा मात्र नभइ सिङ्गो नेपालमै नमुना सहकारीको रुपमा चिनिएको छ । महिनाको एकदिन भविश्यको लागि बचत गरौं , सबल र सक्षम संस्था निर्माण गरौं भन्ने नारा लाई साना किसान परिवारमा गुन्जायमान गर्दै सस्थाले नयाँ नयाँ बचतको योजना अघि सारेको र जसका कारण मासिक रुपमा रु ५०० देखि रु ३००० सम्म बचत गर्ने शदश्यहरुको आर्थिक सामाजिक शैक्षिक र स्वास्थ स्थितिमा परिवर्तन भएको र सदस्यहरुको अदम्य साहस र संचालक समितिको समय अनुसार निर्णय गरि कार्यन्वयन गर्न सक्ने दुरदर्शिताले आज संस्था उदाहरणिय बन्न सफल भएको छ।
सलाङ गाविसमा १ घर १ शदश्य र १ टोल १ समुहको अबधारणा रहेको संस्थामा आफ्नै कार्यलय भवन , आफ्नै तालीम भवन , पृथ्वी राजमार्गमा आफ्नै सहकारी पसल , १ र ९ नम्बर वडामा अन्तर समूह भवन रहेको सस्थाको प्रबन्धक गोपाल सिलवालले बताए । साधारणसभामा साना किसान सहकारीको क्षेत्रमा कलम चलाए बापत प्रेस चौतारी धादिङको सदस्य विवेक अर्याललार्इ मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
२०७३ मंसिर २६ गते प्रकाशित