Thu. Feb 27th, 2025

दियालो साना किसान सहकारीको नाफा १४ लाख

diyaloo-sanakisan
२६ मंसिर, धादिङ –

धादिङको महादेवस्थान – ४ ताल्तीमा रहेको दियालो साना किसान कृषि सहकारी संस्था लि ले १४ लाख ८० हजार नाफा गरेको छ ।

संस्थाको शनिबार ताल्तीमा सम्पन्न ५ औँ वार्षिक साधारणसभामा सेयर पूजिँ ४२ लाख, लगानीमा रहेको ऋण रकम ३ करोड ३६ लाख रहेको जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष मेनुका लोहनीको अध्यक्षतामा भएको साधारणसभामा धादिङ क्षेत्र नं ३ का सांसद राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

९ सय ६० सदस्य रहेको सहकारीले ग्रामीण क्षेत्रमा रहेका स्थानीयहरुको कृषि, पशुपालनका लागि जोड दिएको छ ।  

२०७३ मंसिर २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: