२६ मंसिर, काठमाडौं –
विशिष्टको उपचारमा करोडौं खर्च उपलब्ध गराएर आलोचित बनेको सरकारले गरिब बिरामीलार्य पाँच लाख रुपैयाँ बराबरको उपचार सेवा निःशुल्क दिने तयारी गरेको छ ।
आर्थिक अभावमा स्तरीय उपचार सेवाको पहुँचमा नपुग्दा बिरामीको ज्यान जान थालेपछि सहयोग पाँच गुणाले बढाउने तयारी गरेको हो ।
उपचार खर्चमा बढोत्तरीका लागि स्वास्थ्य मन्त्रालयमले निर्देशिका संशोधन गरी सहमतिकालागि अर्थ मन्त्रालयमा पेस गरेको छ । ‘विपन्न नागरिक औषधिउपचार कोष निर्देशिका’ मन्त्रिपरिषद्बाट हुबहु पारित भए कडा रोग लागेका गरिबले पाँच लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउनेछन् । हाल यस्ता बिरामीलाई एक लाखसम्मको उपचार सेवा निःशुल्क दिने गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट
२०७३ मंसिर २६ गते प्रकाशित