Thu. Mar 6th, 2025

स्पेनिस ला लिगा : बार्सिलोनाको प्रभावशाली जित

messi
२६ मंसिर, धादिङ –

स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० ले हराएको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि ५९ औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

त्यसपछि मेस्सीले ७२ औं मिनेट र इन्जुरी समयमा गोल गर्दै भ्रमण टोली बार्सिलोनालाई ३–० को जित दिलाए । जितपछि दोस्रो स्थानको बार्सिलोनाको १५ खेलबाट ३१ अंक भएको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा ६ अंकले पछि छ ।

राति नै भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले कप्तान सर्जियो रामोसको इन्जुरी समयको गोलको मद्दतमा ३–२ ले हराएको थियो ।
२०७३ मंसिर २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: