२५ मंसिर, धादिङ –
धादिङ उद्योग वाणिज्य संघले आगामी पुस ७ गतेदेखि १७ गतेसम्म पाँचौँ धादिङ महोत्सवको आयोजना गरेको छ । धादिङबेसीमा हुने प्रतियोगीताका लागि तयारी तीब्र पारिएको छ ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष बोधनाथ दुवाडीले बताए ।
जिल्ला विकास समिति तथा निलकण्ठ नगरपालिकाको सहआयोजना र हंसराज हुसालचन्द एण्ड कम्पनीको प्रमुख प्रायोजनमा आयोजना गरिएको महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदशनीै, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेको आयोजकले जानकारी दिएको छ ।
यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी रहेको छ । महोत्सवमा करिब १ सय ७० वटा स्टलहरु रहनेछ । महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार एवम् प्रवद्र्धनको लागि प्याराग्लाइडिङने तथा हेलिकप्टरबाट दृश्यावलोकन एवम् जिल्लाको पर्यटकीय क्षेत्रहरुको जानकारी गराउनुको साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी रहेको बताइएको छ ।
अघिल्ला महोत्सवहरु जस्तै यस पटक पनि कृषि पर्यटन जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको छ ।
२०७३ मंसिर २५ गते प्रकाशित