Fri. Mar 7th, 2025

स्थानीय तहको पुनर्संरचनाबारे काठमाडौंको होटलमा छलफल

२५ मंसिर, काठमाडौं- स्थानीय तह पुनर्संरचना आयोगले जिललामा गर्नुपर्ने स्थानीय तह पुनर्संरचनासम्बन्धी छलफल काठमाडौंमा आयोजना गरेकोमा जनप्रतिनिधिले आपत्ति जनाएका छन ।

आयोगले बुधबार र बिहीबार राजधानीको होटल इन्द्रेणीमा २ नम्बर प्रदेशका स्थानीय तहको पुनर्संरचनाबारे छलफल आयोजना गरेको थियो ।

स्थानीय राजनीतिक दल, जनसमुदाय र जनप्रतिनिधिलाई बाइपास गरेर राजधानीका होटलमा गरिने छलफलले स्थगानीय निकायको वास्तविक पुनर्संरचना हुननसक्ने भन्दै सांसदहरुले आपत्ति जनाएका छन ।

संविधानको भावना एवं निर्देशिकाअनुसार स्गानीय निकाय पुनसंरचनाबारे जिल्लामा छलफल गर्नुपर्नेमा त्यसो नगरिएको उनीहरुको गुनासो थियो । नयाँ पत्रिकाबाट ।

About The Author

अन्य समाचारहरु: