१२ माघ, काठमाडौ
कांग्रेस–एमालेले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चालाई सहमतिकालागि वार्तामा आउन आग्रह गरेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दुई दलको बैठकले संविधानलेखनको जारी प्रक्रियामा सहयोग गर्नेगरि वार्तामा आउन एमाओवादीलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि एमाले बरिष्ठ नेता झलनाथ खनालले सहमतिको ढोका खुल्लै राखिएको बताउँदै वार्तामा आउन आग्रह गरिएको जानकारी दिनुभयो ।
नेता खनालले संविधानसभामा सुरु प्रक्रिया कुनै हालतमा नरोकीने प्रस्ट पार्दै अल्पमतले दुई तिहाईको निर्णय स्विकार गर्न एमाओवादीलाई आग्रह गर्ने निर्णय भएको बताउनुभयो । उहाँले मंगलबार सत्तारुढ र समर्थक दलहरुका तर्फबाट संयुक्त वतब्य निकाल्ने तैयारी भैरहेको जानकारी समेत दिनुभएको थियो ।