२१ मंङ्सीर, धादिङ– थाक्रे र नौविसे गाविसमा सात जनामा हैजाको जिवाणु भेटिएपछि अहिले त्यस क्षेत्रका पानीको नमुना परिक्षण गरीएको छ । हैजाले महाकारीको रुप नलिओस भन्ने उद्देश्यले जिल्ला जनस्वास्थ्य कार्यलयको अभियानलाई सहयोग गर्ने उद्देश्यले युएमएन धादिङको सहयोग र चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङको आयोजनामा थाक्रे र नौविसेको पानीको नमुना परिक्षण गरीएको हो ।
साथै दुषित पानीको कारणले लाग्ने रोगका बारेमा जनचेतना फैलाउने उद्देश्यले अभिमुखीकण कार्यक्रम पनि सँगसँगै लगिएको सामुदायि स्वास्थ्य कार्यक्रमका कार्यक्रम संयोजक धर्मराज थपलियाले जानकारी दिए ।
दुषित पानीको कारण लाग्ने रोगको रोकथामको लागी दुई वटै गाविसमा गोष्ठी तथा अभिमुखीकरण कार्यक्रम सन्चालन गरीएको छ । नौविसे र थाक्रे गाँउ विकास समितिमा हैजाको जिवाणु देखीपछी युनाईटेड मिशन टु नेपाल र चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङले थाक्रे र नौविस गाविसमा रहेका पानीको ५० वटा नमुना परिक्षण गरीएको हो ।
पानीको नमुना परिक्षण गर्दा ५० मध्ये १ वटा पानीको नमुना पीउन अयोग्य ठहरीएको हो । उक्त कार्यक्रममा ढिकी धारा तथा पानीको शुद्दिकरण विधी बारे छलफल गरीएको थियो ।
युएमएन धादिङका हेल्थ अफिसर कल्पना भट्टराई , सिड्स धादिङका कोषाध्यक्ष यशोदा विडारी, सामुदायिक स्वास्थ्य कार्यक्रमका कार्यक्रम संयोजक धर्मराज थपलियाको उपस्थितीमा गरीएको पानीको नमुना परिक्षणमा दुई वटै गाविसका महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।