Fri. Mar 7th, 2025

डनको गाउँमा गच्छदार पुगेपछि किन भयो हवाइफायर

images

२१, मंसिर काठमाण्डौ – काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा सोमबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाइफायर गरेको छ ।
रक्सी खाएर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
‘कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही व्यक्ति आएर प्रहरीको हतियार नै खोस्न थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर हवाइफायर गर्नुपरेको राईले बताए । पक्राउ परेका दुई युवा पनि भागेको बताइएको छ । यस गाविसमा फोरम लोकतान्त्रिकको पार्टी प्रवेश कार्यक्रम थियो ।
घटना भएको ठाउँ ‘डन’ भनेर चिनिने गच्छदारकै पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाको गाउँ पनि हो । प्रहरीका अनुसार पार्टी अध्यक्ष गच्छदारले मन्तव्य राख्न सुरु भएको केही बेरमा नै कार्यक्रम बिथोल्ने प्रयास भएको थियो ।

About The Author

अन्य समाचारहरु: