Thu. Mar 6th, 2025

प्रिमियर लिगमा मिडल्सबुर्जद्वारा हल सिटी पराजित

mild
२१ मंसिर, धादिङ – 

प्रिमियर लिगमा मिडल्सबुर्जले हल सिटीलाई १–० गोलले हराएको छ । सोमबार राति भएको खेलमा दोस्रो गोल गर्दै मिडल्सबुर्जले जितेको हो ।

ग्यास्टन रेमिरेजले ६० औं मिनेटमा हेडमार्फत गोल गर्दै मिडल्सबुर्जलाई जित दिलाएका हुन् । यो हारसँगै हल सिटीको रेलिगेशनमा पर्ने सम्भावना बलियो भएको छ । भिक्टर फिसरले कर्नरमार्फत बाँया चाप्दै रेमिरेजलाई पास दिएका थिए ।

रेमिरेज आफूले पाएको मौकालाई खेर जान नदिई गोलमा परिणत गरे । त्यस्तै अल्भारो नेग्रोडोले पाएको केही मौकालाई सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच रेमिरेज भए ।हलले आफ्नो १० वटा लिग म्याचमा आठमा हार बेहोरेको छ ।
२०७३ मंसिर २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: