२० मंसिर, धादिङ –
उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको मुख्य दायित्व संविधान कार्यन्वयन गर्नु रहेको बताएका छन् ।
धादिङको त्रिपुरेश्वर ३ खहरेमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै पुनले मौलिक हक उत्पिडित जाति, भाषाका आधारमा विश्वको कुनै पनि संविधानले नेपालको संविधानसँग प्रतिस्पर्धा गर्न नसक्ने संविधान बनेकाले कार्यन्वयनका लागि सबै राजनीतिक पार्टीहरुलाई एकजुट हुन आग्रह गरे । संविधान कार्यन्वयन गर्ने कार्य सबैको साझा एजेण्डा भएका कारण राज्य र जनतासँगको सहकार्य आवश्यक रहेको उनले बताए ।
असन्तुष्टहरुको भावना समेटि १४ महिनाभित्र तीनै तहको निर्वाचन गरे मात्र नेपालीको आर्थिक समृद्धिको ढोका खोल्ने समेत दाबी गरे । वर्तमान शिक्षा हुने खाने र हुँदा खानेका लागि मात्र भएको भन्दै शिक्षामा नीतिगत परिवर्तनको आवश्यक रहेको बताए । विद्यालय तहको शिक्षा निशुल्क गरी राष्ट्रलाई उत्पादन हुने र विकास हुने खालको शिक्षाको आवश्यक रहेको बताए ।
बन्नै लागेको बुढिगण्डकी जलविद्युत आयोजनाले धादिङ र गोरखाका स्थानीयलाई मात्र नभई समग्र देशका नागरिकलाई नै फाइदा हुने भएका कारण कार्यन्वयनमा सबैले चासो दिन आग्रह गरे । उपराष्ट्रपति पुनले आफ्नो धादिङसँग अन्र्तरंग सम्बन्ध रहेको प्रशङग उल्लेख गर्दै युद्धकालीन अवस्थामा धादिङ र धादिङका जनताले गरेको सहयोग र मायाको स्मरण गरे ।
२०७३ मंसिर २० गते प्रकाशित