Thu. Mar 6th, 2025

धादिङ पिडामा मध्यमाञ्चल क्षेत्रिय पुरुष भलिबल छनौट प्रतियोगिता सुरु

ID:81799844

२० मंसिर, धादिङ –

“स्वाथ्यको लागी खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराको साथ सातौं मध्यमाञ्चल क्षेत्रिय पुरुष भलिबल छनौट प्रतियोगिता २०७३ सोमबारदेखि धादिङको पीडा गाविस स्थित गलौदिमा सुरु भएको छ ।

मध्यमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति धादिङको सह–आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष विकास कार्किको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा पूर्व स्थानिय विकास मन्त्रि एवं सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्य, सांसद गुरु बुर्लाकोटि र मध्यमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजाराको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा १९ वटा जिल्लाका खेलाडिहरु सहभागी रहेका छन् । सोमबार रामेछाप र रौतहट बीच भएको  पहिलो खेलमा रामेछाप विजयि भएको छ । त्यस्तै काभ्रे र नुवाकोट बीच भएको खेलमा काभ्रे विजयि भएको छ र सोमबारै भएको सिन्धुपाल्चोक र धनुषा बीचको खेलमा सिन्धुपाल्चोक विजयी भएको छ । प्रतियोगीता आगामि मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ ।

२०७३ मंसिर २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: