२० मंसिर, धादिङ –
माथिल्लो डोल्पाका विद्यालयहरु चिसो कारण एक महिना यता बन्द छन् । कार्तिक अन्तिम सातामै वार्षिक परिक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । तल्लो डोल्पामा भने आइतबारबाट परिक्षा शुरु भएको छ ।
यस बर्षको शैक्षिक सत्रको अन्तिम परिक्षा हिजोबाट तल्लो डोल्पाका सबै बिद्यालयमा सूरु भएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । जिल्लामा रहेका १४ वटा माध्यामिक बिद्यालय, एक सय ११ वटा प्राथमिक तहका बिद्यालय रहेका छन् ।
दिनदिनै जाडो बढेपछि साना बालबालिका देखि ठुला बिद्यार्थिहरुलाइ पनि बिद्यालयमा बसेर पढ्न कठिन हुने भएकाले यस बर्षको शैक्षिक सत्रको अन्तिमा परिक्षा आईतबारबाट सूरु गरेको जिल्ला शिक्षा अधिकारि रामरथ खकुरेलले बताए । जाडोको कारण डोल्पामा यस भन्दा पछिका दिनमा पठनपाठनमा कठिनाई हुने पनि जिल्ला शिक्षा अधिकारि खकुरेलले बताए ।
जाडो समय पुस र माघ महिनामा डोल्पा जिल्लाका सबै बिद्यालयहरु पूर्ण रुपमा बन्द अबस्थामा रहने गर्दछन् । हिमाली जिल्लाभएको कारण छिटै जाडो बढ्ने र त्यसको असर सानाबालबालिकामा पर्ने भएकोले पनि जाडोका दुइ महिना पूर्ण रुपमा बन्द गर्नु पर्ने बाध्यता रहेको जिल्लाशिक्षा कार्यालय डोल्पाले जनाएको छ ।
२०७३ मंसिर २० गते प्रकाशित