Sat. Mar 15th, 2025

इटाली र न्यूजिल्याण्डका प्रधानमन्त्रीको पदबाट राजीनामा

२० मंसिर, धादिङ –
इटालीमा जनमत संग्रहबाट संवैधानिक सुधारको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री माटियो रेन्जीले राजिनामा दिएका छन् । जनमत संग्रहको परिणामको जिम्मेवारी लिंदै पत्रकार सम्मेलन गरि प्रधानमन्त्री रेन्जीले राजिनामा दिएका हुन् ।

सांढे दुई वर्ष पदमा रहनुभएका रेन्जीको संवैधानिक सुधारअन्तर्गत माथिल्लो सदनको अधिकार कटौति गर्दै सांसद संख्या ३ सय १५ बाट घटाएर सय पु¥याइने थियो ।

यसबाट मुलुकमा कानुन बनाउने गतिमा तिब्रता आउने उनको विश्वास थियो । तर विपक्षीहरुले भने सुधारको प्रस्ताव प्रधानमन्त्रीको थप अधिकार प्रत्यायोजन गर्नमा केन्द्रित रहेको भन्दै अभियान चलाएका थिए ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जोन किले पनि आश्चर्यजनक रुपमा राजिनामा घोषणा गर्नु भएको छ । आठ वर्ष पदमा रहनुभएका किले पारिवारिक कारण राजिनामा दिएको बताइएको छ ।

२०७३ मंसिर २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: