१९ मंसिर,काठकाण्डौँ – संविधान संशोधनको विषय पार्टीको निजी मामिला हुन नसक्ने भन्दै माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले यसमा पार्टीले ह्वीप लगाउन नसक्ने र आफू जस्तोसुकै अवस्थामा पनि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिने घोषणा गरे । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनको प्रस्ताव माओबादी केन्द्रको प्रस्ताव नभई सरकारको प्रस्ताव भएको बताएका छन ।
पार्टी भित्र कुनै छलफल नगरि जानकारी मात्र गराएको आधारमा पार्टीको प्रस्ताव भन्न नमिल्ने भन्दै उनले माओबादी केन्द्रबाट संविधान संशोधनको प्रस्ताव पास नभएको जिकिर गरे । संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै रायमाझीले आन्दोलनकारीको माग पनि नभएको र त्यहाँका जनता र जनप्रतिनिधीको भावना विपरित कसको चाहनामा प्रस्ताव आएको यसले आफू आश्चर्यमा परेको बताए ।
जनचाहाना विपरित आएको प्रस्ताव कुनै पनि हालतमा पास नहुने भन्दै रायमाझीले सडक र सदनबाट व्यापक रुपमा प्रस्तावको प्रतिकार हुने बताए । आफू जनताबाट निर्वाचित प्रतिनिधी भएकाले जनता असन्तुष्ट भएको अवस्थामा आफूले संशोधन प्रस्तावको पक्षपोषण गर्न नसक्ने बताए