Tue. Nov 26th, 2024

दोहोरो सिमकार्ड प्रयोग गर्नेको संख्या बढ्दो

sim_card
१९ मंसिर, काठमाडौं – 

दूरसञ्चारको पहुँच विस्तारसँगै दोहोरो सिमकार्ड प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ ।

सेवाप्रदायक कम्पनीहरुबीचको तीव्र प्रतिस्पर्धाका कारण भिन्न सुविधाका लागि उपभोक्ताले दोहोरो सिमकार्ड प्रयोग गर्छन् ।

सिमकार्ड प्रयोग हुने स्मार्टफोन र एक कम्पनीबाट अखर्कोमा लाग्ने शुल्कसमेत महँगो भएपछि दोहोरो सिमकार्ड प्रयोगकताको संख्या बढेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम प्रतिवेदनका अनुसार साउनसम्म ३ करोड १८ लाख २० हजारमा दूरसञ्चारसेवा पुगेको छ ।

कुल दूरसञ्चार पहुँचमध्ये ३ करोड ग्राहक मोवाइल सेवामार्फत छन् । प्राधिकरणले २०६८ सालको जनगणनालाई आधार मानेर १ सय २० प्रतिशत नेपालीमा दूरसञ्चार पुगेको जानकारी दिएको छ । कारोबार दैनिकबाट

२०७३ मंसिर १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: