Thu. Feb 27th, 2025

बिर्ताबेसी महिला समुहका ४४ सदस्यहरुलाई बाख्रा उपहार वितरण

goat-distrubtion
१८ मंसिर,  धादिङ – 
धादिङको नीलकण्ठ नगरपालिका नगरपालिकां ८ बिर्ताबेसीमा गठित बिर्ताबेसी महिला समुहले आफ्ना सदस्यहरुलाई बाख्रा उपहार प्रदान गरेको छ ।

समूहमा गठित ५ वटा उपहार समूहमध्येबाट ४४ जना सदस्यहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरि वितरण गरेको हो । एक्सन नेपाल, हेफर इन्टरनेश्नल नेपाल र नीलकण्ठ नगरपालिका ८, ९, १० को संयुक्त साझेदारीमा संचालित साना किसान उद्यमी सवलिकरण परियोजना अन्तर्गतगठित बिर्ताबेसी समुहले वितरण गरेको हो ।

बिर्ताबेसी महिला समुहकी अध्यक्ष सुमिना श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा एक्सन नेपालका अध्यक्ष भिम प्रसाद ढुंगाना, सचिब हरि प्रसाद खतिवडा, कार्यकारी निर्देशक शन्त भट्टराई, नेपाल ट्रेड यूनियन धादिङका अध्यक्ष मेघनाथ कोइराला, राजनैतिक दलका पार्टी प्रतिनिधि, परियोजना कार्यान्वयन तथा अनुगमन समितिका सदस्य ,संबन्धित परियोजनाका कर्मचारी ,स्थानीय समाजसेवी बुद्दिजिबि,तथा महिला समुहहरुको उपस्थिति रहेको थियो ।

२०७३ मंसिर १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: