Sat. Mar 15th, 2025

मलेसियाले बंगलादेशी कामदार लिने अन्तिम तयारी

malesiya
 १७ मंसिर,  काठमाडौं –

मलेसिया र बंगलादेशबीच कामदार लिनेरदिने अन्तिम तयारी भएको छ । करिब दुई साताअघि दुवै देशका श्रम तथा मानव संशोधन मन्त्रीहरुबीच ढाकामा भएको छलफलपछि कामदार लिनेरदिने ‘अन्तिम गृहकार्य’ भएको छ ।

मलेसियाली मानव संशाधन मन्त्री रिचर्ड रियट जइम र उनका बंगलादेशी समकक्षी नुरुल इस्लामबीच गत नोभेम्बर १७ मा भएको छलफलपछि यसबारे अन्तिम तयारी भइरहेको बंगलादेशको अंग्रेजी दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ ।

‘जीटूजी प्लस’ नाम दिइएको यस प्रक्रियामार्फत मलेसियाले बंगलादेश सरकारले तोकेका विभिन्न १० वटा एजेन्सीमार्फत बंगलादेशी कामदार लिन थाल्नेछ ।

अघिल्लो वर्ष जुनमा करिब १५ लाख बंगलादेशी कामदार लिने घोषणा गरेको मलेसियाले विभिन्न सरोकारवालाहरुको आलोचनापछि उक्त निर्णयबाट पछि हटेको थियो । उसले गत वर्ष फेब्रुअरी १९ मा नयाँ विदेशी कामदार नलिने निर्णय गरेको थियो ।

उक्त निर्णय गरेको झन्डै २२ महिनापछि मलेसियाले बंगलादेशी कामदार लिने अन्तिम तयारी गरेको हो । बंगलादेशबाट मलेसियाले पुरुष र महिला दुवै कामदार लिने जनाइएको छ । कान्तिपुर दैनिकबाट

२०७३ मंसिर १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: