१५ मंसिर, धादिङ-
प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध पार्ने जनाएको छ । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेले सदन र सडकबाट प्रतिवाद गर्ने जनाएको हो ।
एमाले संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक फिर्ता नहुँदासम्म संसद चल्न नदिने निर्णय गरेको सचेतक गोकुल घर्तीले जानकारी दिए ।
दलका नेता एवं पार्टी अध्यक्ष केपी ओली अस्वस्थताका कारण अनुपस्थित भएपछि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले भोलीदेखि संसदमा सशक्त ढंगले अवरोधमा उत्रिन सांसदहरुलाई निर्देशन दिए ।
मंसिर १५ गते प्रकाशित