Fri. Mar 7th, 2025

एमाले उपाध्यक्ष भीम रावलले भने – ‘निधिलाई पदमुक्त गर’

????????????????????????????????????

१२ मंसिर,  धादिङ –

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाईन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरु बसेर नयाँ दिल्लीमा बसेर गरेको आरोप लगाएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै यसको डिजाईन नेपालमा नभएर भारतमा भएको आरोप लगाएका हुन् । उनले अघि थपे,‘यो सरकार लेण्डुप दोर्जेको पदमा हिँड्न खोेजेको छ, सम्पूर्ण देशभक्त नेपालीहरुले यसको विरोध गर्नुपर्छ ।’

उनले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन् । उपप्रधानमन्त्री निधिले आफ्नो संयम गुमाएर बोलेको भन्दै यथाशिघ्र पदबाट राजिनामा दिएर घर जान चेतावनी दिए । रावलले थपे, ‘जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाईसकेको हो, अब लेण्डुप पथमा नगई हुँदै हुँदैन भन्ने हो भने पद छोडेर घरतिर गए हुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा रावलले संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको बताउँदै भने,‘मरेर गाडी सकेको लाशलाई झिकेर दुर्गन्ध फैलाउने काम यो सरकारले गर्न खोजेको छ, नेकपा एमालेले यस्तो कदापि हुन दिँदैन् ।’

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक अन्र्तवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएको कडा आक्रोश पोख्दै थपे,‘महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो हाँस्सयपद कुरा गर्न लाज लाग्दैन ।’

उनले एमालेले चीनसँगको तातोपानी नाका खोल्छु भन्दा यस्तो आरोप लगाउने कदापि राष्ट्रवादी हुन नसक्ने ठोकुवा गरे । देश र जनताको पक्षमा बोल्न नपाउने हो भने यो देशलाई लेण्डुप दोर्जेको पथमा हिडाउन खोज्नु भएको रावलको आरोप थियो ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकालाई चुनाव गरेर देखाउन चूनौति दिएका छन् । रावलले थपे,‘यो सरकारले चुनावको खाका कहाँ ल्यायो ? चुनावमा जाऔं, परिक्षा गरौं न ? चुनावबाट किन भाग्न खोजेको ?’

२०७३ मंसिर १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: