Thu. Mar 6th, 2025

चेल्सी शीर्ष स्थानमा, टोटनह्यामको यात्रा टुंगियो

chelsi

१२ मंसिर, धादिङ –

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।

चेल्सीले टोटनह्यामलाई २–१ ले हराएको थियो ।  चेल्सीलाई जिताउन पेड्रो र भिक्टर मोसेसले गोल गरे । ११ औं मिनेटमा क्रिष्टियन एरिकसनले गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । ४५ औं मिनेटमा पेड्रोले चेल्सीका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५१ औं मिनेटमा मोसेसले गोल गरेपछि चेल्सीले २–१ को अग्रता लियो । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र चेल्सी २–१ ले विजयी भयो ।

  २०७३ मंसिर १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: