Sun. Mar 16th, 2025

इराकमा ट्रक बम विस्फोट, ७७ जनाको मृत्यु

icrak

१० मंसिर धादिङ

इराकको राजधानी बग्दाद नजिक ट्रक बम विस्फोट भएके छ ।  आक्रमणमा परि ७७ जनाको ज्यान गएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ।

विस्फोटनमा परि ज्यान जानेमा धेरै शिया तिर्थयात्री रहेको सरकारी अधिकारीले बताएका छन् । राजधानी बग्दादबाट एक सय किलोमिटर दक्षिण अल हिलामा रहेको पेट्रोल पम्प र रेस्टुरेन्टको बिचमा विस्फोट भएको हो ।

कर्बला शहरमा इमाम हुसैनको निधन भएको ४० औं दिनको कर्ममा सहभागी भएर फर्किएका तिर्थायात्रीलाई लक्षित गरी आक्रमण भएको हो । ज्यान जानेमा धेरै इरानका तिर्थयात्री रहेको अधिकारीहरुले बताएका छन् ।

विस्फोटको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ । आइएसका समाचार संस्था अमाकले भने विस्फोटमा दुई सय भन्दा धेरैको ज्यान गएको दाबी गरेको छ ।

२०७३ मंसिर १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: