Fri. Mar 7th, 2025

नेकपा माओवादी केन्द्र धादिङको चौथौ जिल्ला अधिवेशन पुस २३ मा हुने

mawobadi-kendra-meeting
७ मंसिर,  धादिङ – 

नेकपा माओवादी केन्द्र धादिङको चौथौ जिल्ला अधिवेशन आगामी पुस २३, २४ र २५ गते हुने भएको छ ।

मंगलबार धादिङबेसीमा बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका जिल्ला इन्चार्ज शालीग्राम जमकट्टेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाको समसामयीक सवाल, विकास निर्माण लगायतका विषयमा समिक्षा समेत गरेको छ ।

बैठकले राज्य पुर्नसंरचना प्राविधिक सहयोग समितिले विभाजन गरेको गाउँपालिका र नगरपालिकाका साथै त्यसभित्र विभाजन गरिएका वडाहरुको शिफारिसलाई केही आलोचना सहित अनुमोदन गरेको जिल्ला संयोजक विजय बुर्लाकोटीले बताए ।
२०७३ मंसिर ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: