Tue. Nov 26th, 2024

मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने

muktinath-bank
४ मंसिर,  धादिङ – 

मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष  २०७२/०७३ को मुनाफाबाट लाभांस वापत ३४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

बैकको शनिबार पाखेरामा सम्पन्न दशौं वार्षिक साधारण सभामा ३४ प्रतिशत बोनस सेयर तथा हाल बाँडफाँडको क्रममा रहेको ५० प्रतिशत हकप्रद सेयर वितरण पश्चात हुन आउने चुक्ता पूँजी रु १ अर्ब ५४ करोड २७ लाख १६ हजार २ सय ६० को ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने पनि निर्णय गरेको छ ।

सो सभामा वार्षिक प्रतिवेदन तथा प्रस्तावहरु सञ्चालक समितिका अध्यक्ष  मीन प्रसाद गुरुङ्गले र वाह्य लेखापरीक्षकको नियुक्ति सम्बन्धमा लेखा समितिका संयोजक तथा सञ्चालक श्री चुडामणि कडेलले प्रस्ताव प्रस्तुत गरेका थिए  ।

सोही सभामा, बैंकको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित केन्द्रहरुको आ.व.२०७२/०७३ को मूल्याङ्कनको आधारमा शाखा स्तरीय छनौटमा प्रथम भएका केन्द्रहरु मध्येबाट सर्वोत्कृष्ट १० वटा केन्द्रहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मीन प्रसाद गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको हो ।

२०७३ मंसिर ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: