Thu. Feb 27th, 2025

खहरेका किसानलाई कृषि सामग्री वितरण

mahindra-tractor

 ३ मंसिर, धादिङ –

धादिङको त्रिपुरेश्वर गाउँ विकास समितिको वडा न ३ खहरेका स्थानीयहरुलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ ।

भूकम्प प्रतिकारी परियोजना अन्र्तगत आपतकालिन खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्र्तगत खहरेमा रहेको १० वटा कृषि तथा महिला समूहहरुलाई वितरण गरिएको हो ।

एक्सन नेपाल, रक्षा नेपाल र अक्फान नेपालको साझेदारीमा ट्याक्टर १० वटा, कोदो झार्ने मेसिन १ वटा, मकै छोडाउने मेसिन १ वटा, जैविक विषादी राख्ने झाडा २१ वटा र ठेलागाडा २२ वटाका दरले वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

२०७३ मंसिर ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: