३ मंसिर, धादिङ –
कोसोभो प्रहरीले अतिवादी समूह स्लामिक स्टेट आइएसले इजरायली फुटवल टिममाथि आक्रमण गरेको जनाएको छ ।
गएको अन्तिम हप्ता अल्बानिया भिजिटको क्रममा इजरायली फुटलबल टिममाथि आक्रमण भएको प्रहरीको भनाई छ । विश्वकप फुटवल छनोट खेल्ने इजरायली फुटवल टिमलाई आइएसले आक्रमण गरेको हो । प्रहरीले यो योजनावद्ध तरिकाले गरीएको आक्रमण हुन सक्ने आशंका गरेको छ ।
घटनास्थलबाट विस्फोटक पदार्थ र हतियार पनि फेला पारेको विविसीले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ । दुई जना अल्बानियनको सहयोगमा यो आक्रमण भएको हुनसक्ने आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७३ मंसिर ३ गते प्रकाशित