३ मंसिर, काठमाडौं –
नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी सञ्चालनमा ढिलाई भएको छ ।
आइतबारदेखि चार दिनका लागि केरुङ प्रवेशमा रोक लागइएको भए पनि अझै गाडी सञ्चालन नहुँदा व्यवसायी समस्यामा परेका छन् ।
गत वर्षको वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको सडकको स्तरोन्नति तथा मर्मत गर्न तथा हटाउनुपर्ने ढुंगालाई बिस्फोट गराउन चिनियाँ पक्षले आइतबारदेखि यातायात बन्दगरी काम गर्न थालेको छ ।
त्यो काम सकन अझै केही दिन लाग्ने संकेत दिएको रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिए । कारोबार दैनिकबाट
२०७३ मंसिर ३ गते प्रकाशित